७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जोखिम बढेपछि एकतर्फी उडान


429
Shares

बारा । निजी विमान कम्पनीले काठमाडौं–सिमरा ठूला विमान सञ्चालनमा ल्याएपछि उतरतर्फबाट गरिने उडान र अवतरणमा जोखिम देखेर सिमरा विमानस्थलले दक्षिण तर्फबाट उडान अनुमति दिएको छ ।

११ सय ९२ मिटर रनवे रहेको विमानस्थलमा बिज्र क्राफ्ट, एटिआरलगायतका विमानलाई उतरतर्फ रहेका रुख र घरहरुका कारण जोखिम भएपछि विमानस्थलले दक्षिण मार्गबाटै उडान र अवतरण गराउन लागेको हो ।

काठमाडौं–सिमरा दैनिक १२ देखि १४ उडानमा करीब १५ सय यात्रु ओहोरदोहोर गर्ने गरेको सिमरा विमानस्थलले जनाएको छ ।

विमानस्थलले दक्षिणबाट एकतर्फी हवाइ उडान र अवरणको अनुमति दिएसँगै तीन वटा विमान पार्किङ रहेको विमानस्थलमा उडान भरेका कतिपय विमान रनवेमै रोकिनु पर्ने अवस्था भएको निजी विमान सञ्चालकहरु बताउँछन् । व्यापक प्राविधिक समस्या रहेको विमानस्थलमा सुधारका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिनुभयो ।