
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।
विहान १० बजे बस्ने भनिएको १३औं केन्द्रीय कार्यसमितिको अन्तिम बैठक चार घण्टा ढिलो गरी दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिनुभयो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह उपस्थित छैनन् । महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्ने तयारी छ ।
बैठकमा पदाधिकारी र केही केन्द्रीय सदस्य समेत थप्नका लागि प्रस्ताव लैजाने गृहकार्यमा भए पनि वरिष्ठ नेताकै अनुपस्थित हुने भएपछि उक्त प्रस्ताव हटेको छ ।
बुधबार बेलुकी सभापति देउवा र महामन्त्री शशांक कोइरालाबीच दुईवटा सह–महामन्त्री थप गर्न सहमति भएको थियो ।
कांग्रेसको १४औंं महाधिवेशन शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्