
काठमाडौं । सरकारले विद्यार्थीलाई बजारको तयारी प्याकेटको खाजा नखुवाउन निर्देशन दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराउँदै आएको दिवा खाजामा स्थानीय स्तरमा उत्पाद भएका खाद्य वस्तुहरुको उपभोग गरी साप्ताहिक रुपमा खाजाको मेनु बनाएर खाजा खुवाउन निर्देशन दिएको हो ।
कतिपय स्थानीय तहका विद्यालयले बजारबाट तयारी प्याकेट खाजा खरिद गरी खुवाउने गरेको जानकारी आएको भन्दै केन्द्रले यसले सरकारको नीति र बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्