
काठमाडौं । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा होण्डुरसका आप्रवासी चढेको ट्रक दुर्घटना भएको संचारमाध्यमहरुले जनाएका छन् ।
ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । दुर्घटनामा परी ५८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्