
मोरङ । मोरङमा बिहीबार बेलुकी भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुढीगंगा गाँउपालिका र विराटनगर महानगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
बुढीगंगा गाउँपालिका–२ टंकीमा बिहीबार बेलुकी स्कुटर सडक डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा गम्भीर घाइते भएका मोरङकै उर्लाबारी नगरपालिका–४ आइतबारेका २६ वर्षीय सुरज खनालको उपचारको क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जानकारी दिएको छ ।
यस्तै, विराटनगर महानगरपालिका–११ रामपुर चोकमा पनि बिहीबार बेलुकी ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
को २ त ७१३९ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री स्थानीय ३४ वर्षीय मुन्ना कुमार सहनीको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।
ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्