२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संविधान संशोधन र नागरिकताको मुद्दा छिटो समाधान होस् : अध्यक्ष यादव


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र नागरिकताको मुद्दा छिटोभन्द छिटो समाधान हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले मधेशी नागरिकले नागरिकता पाउन समस्या झेल्नुपरेको भन्दै त्यो समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले देशमा अधिकार प्राप्तीका लागि पुनः आन्दोलन गनुपर्ने अवस्था सिर्जना नहोस् भन्दै चेतावी दिनुभयो ।

मधेशी, दलित, अल्पसंख्यकहरुले आफ्ना अधिकार सहज रुपमा पाउनुपर्नेमा उहाँको जोड छ ।