
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिक पार्टी खोल्न सुझाव दिनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष नेपालले पार्टी खोलेर राजनीतिकमा आउन सुझाव दिनुभयो ।
नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको उल्लेख गर्दै उहाँले प्रतिगामी तत्वहरू धेरै उश्रृंखल नहुन सुझाव दिनुभयो । ‘नेपालमा राजतन्त्रको कुनै भविष्य छैन,’ उहाँले भन्नुभयो, ‘राजाले पनि एउटा पार्टी खोले हुन्छ, एउटा पसल खोलेर बसे हुन्छ ।’
अध्यक्ष नेपालले नेपालमा एउटा वंशको शासन अब सम्भव नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्