६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रतिगामी शक्तिलाई स्थापित गर्न राजनीतिक नेतृत्वलाई नकारात्मक देखाइयो : अध्यक्ष दाहाल


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगामी शक्तिलाई स्थापित गर्नका लागि राजनीतिक दलहरुलाई नकारात्मक देखाउन खोजिएको बताउनुभएको छ ।

शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष दाहालले राजेन्द्र लिङ्देनले गरेको टिप्पणीको जवाफ दिँदै राजतन्त्र स्थापित गर्न देशका राजनीतिक दलहरुलाई भिलेन देखाउन खोजिएको बताउनुभयो ।

सोही मञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँमा आजकल नेताहरुलाई चोर भन्ने गरेको बताउनुभएको थियो । उहाँले राजनीतिक दलका नेताहरुमाथि जनतामा नकारात्मक प्रभाव परेको भन्दै राजनीतिक नेतृत्व सुध्रिन आवश्यक रहेको बताउनुभएको थियो ।

अध्यक्ष दाहालले राजनीतिक दलहरुलाई एक्लै नहिड्न पनि सुझाव दिनुभयो । नेपाली कांग्रेसप्रति लक्षित गर्दै उहाँले एक्लै हिड्न खोज्ने अहंकार र घमण्ड नगर्न पनि आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेस, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँगको सम्बन्धको बारेमा स्मरण गर्नुभयो ।