१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाखभित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


26
Shares

संखुवासभा । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

संखुवासभामा सञ्चारकर्मीहरूसँग उहाँले स्थानीय तहको निर्वाचन देशभर एकै पटक गर्ने जानकारी दिनुभयो ।

स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र २ महिना अगाडि नै निर्वाचन गराउने कानुनी व्यवस्था भएकाले २०७९ वैशाख भित्रै निर्वाचन हुने उहाँको भनाइ छ ।

अहिले देशैभरि मतदाता नामावली संकलन कार्य भइरहेकाले मतदानमा कोही पनि बञ्चित हुन नपर्ने गरी नामावली संकलनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।