९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बागमती प्रदेशसभाको बैठक पुस ७ गते बस्ने


0
Shares

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने भएको सचिवालयले जनाएको छ ।

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । त्यस्तै, पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको सचिवालयले बतायो ।