
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा डा. शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गर्नुभएको छ । कोइराला प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै, प्यानलको उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहँदा सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
कांग्रेसको १४औं महाधिवेशनमा २७ गते मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्