१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कांग्रेस निर्वाचन समितिद्वारा उम्मेदवारको अन्तिम नामावली प्रकाशित (नामसहित)


13
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ ।

समितिले शनिबार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् ।

समितिकाअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा‍. शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएका छन् ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा. राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन् ।

कस कसले उम्मेदवारी दर्ता गरे, हेर्नुस् सूची :