१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महाधिवेशन : मतपत्र सकिएपछि रोकियो मतदान


546
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदान प्रक्रिया केहीबेर रोकिएको छ ।

मतपत्र सकिएपछि मतदान केहीबेर रोकिएको हो । अहिले पुनः मतपत्र छापेर ल्याउन लागिएको एक नेताले जानकारी दिनुभयो ।

महाधिवेशन प्रतिनिधिको संख्या पहिल्यै निश्चित हुने भए पनि मतपत्र सकिनुलाई अनौठो रुपमा हेरिएको छ ।

विहान ८ बजेबाट सुरु हुने भनिएको मतदान दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो । मतदाताहरु ६ घण्टासम्म लाइन बसेर मतदान गरिरहेका छन् ।

मतदाताले व्यवस्थापकीय कमजोरीलाई केन्द्रीय निर्वाचन समितिले सुधार गर्नुपर्ने सुझाव दिएका छन् । साथै उनीहरुले नेतृत्वलाई प्रविधिमैत्री हुन पनि आग्रह गरेको छ ।

यसअघि साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि मतदाताले मतदान गरिनसकिएकले केन्द्रीय निर्वाचन समितिले मतदानको समय बेलुकी ९ बजेसम्म बढाएको छ ।

अहिलेसम्म २८ सय ९ जनाले मतदान गरेको समितिले जनाएको छ । कांग्रेस महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधिले मतदान गर्नेछन् ।