१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसको मतगणना जारी, देउवाको अग्रता कायमै (अपडेट)


832
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । आज विहान ४ बजेदेखि शुरु भएको सभापति पदको मत गणनामा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।

अहिलेसम्म २ हजार ६ सय ७७ मत गणना हुँदा देउवाले १ हजार २ सय ६५ मत प्राप्त गर्नुभएको छ । देउवालाई पछ्याइरहेका शेखर कोइरालाले ९ सय ८० मत प्राप्त गर्नुभएको छ भने सभापतिका अर्का प्रतिष्पर्धी प्रकाशमान सिंहले २ सय ७, विमलेन्द्र निधिले १ सय ९५ र कल्याण गुरुङले १२ मत ल्याउनुभएको छ ।

सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्दछ । हिजो बिहान साढे ११ बजे शुरु भएको मतदान गएराती साढे ११ बजे सकिएको थियो । निर्वाचनमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मतगणना सकिएपछि मात्रै अन्यपदहरुको गणना गरिने बताईएको छ ।