१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु


195
Shares

काठमाडौं । इलाम, तनँहु र अछाममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

इलामको माइजोगमाई गाउँपालिका–४ गैरीगाउँमा सोमबार साँझ ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय ५४ वर्षीय पूर्ण बहादुर घले रहेका छन् ।

पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरबाट घले खस्दा सोही ट्याक्टरको पछाडीको चक्काले उनलाई किचेको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरी चौकी नामसालिङले जनाएको छ ।

तनँहुको म्याग्दे गाँउपालिका–५ छाङपाटनमा सोमबार बेलुकी टिपरको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन् ।

ग १ क २९१५ नम्बरको टिपरले कुमाललाई ठक्कर दिएको थियो । टिपर सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भिमादले जानकारी दिएको छ ।

अछामको कमलबजार नगरपालिका–३ मा सोमबार साँझ ट्याक्टरको ट्रली पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरको ट्रलीमा सवार स्थानीय ५५ वर्षीय दान बहादुर ढकाल रहेका छन् ।

ढोरखोलाबाट दाउरा लोड गरी बयलातर्फ जाँदै गरेको से १ त ८९१९ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्थायी प्रहरी पोष्ट बेल्खेतले जानकारी दिएको छ ।