
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न केहीबेर अघि निधि निवास पुग्नुभएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका लागि भएको निर्वाचनमा उम्मेदवार बनेका कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत नकटाएपछि आफूलाई सहयोग गर्न आग्रह गर्दै देउवा निधि निवास पुग्नुभएको हो ।
सभापतिमा देउवा,निधि,डा. शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ सभापतिमा उम्मेदवार बन्नु भएको थियो । जसमा देउवाले २२५८,निधिले २४९,कोइरालाले १७०२,सिंहले ३७१ र गुरुङले २० मत प्राप्त गर्नुभएको थियो ।
कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ । अब देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । आफूलाई समर्थन जुटाउन देउवा निधि निवास पुग्नु भएको हो । उता सिंहले भने देउवालाई समर्थन गर्ने बताइसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्