
एजेन्सी । इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । गएराती इण्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा केन्दविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ ।
फ्लोरेस सागरमा १८ दशमलव ५ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाइएको छ । भूकम्पपछि प्रशान्त महासागरमा सुनामी आउनसक्ने चेतावनी पनि दिइएको छ । भूकम्पको केन्द्रबिन्दुबाट एक हजार किलोमिटरको क्षेत्रमा सुनामीका छालहरु आउन सक्ने चेतावनी दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्