
काठमाडौं । राष्ट्रिय बाघ गणना अन्तर्गत आजदेखि बाँके–बर्दिया क्षेत्रमा बाघ गणना सुरु हुँदैछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाका लागि सबै तयारी पूरा भएको छ । आज बिहान ११ बजेपछि सरोकारवाला निकायहरुको समन्वयमा गणनाको सुरुवात हुँदैछ ।
राष्ट्रिय बाघ गणना मंसिर १९ गते चितवन–पर्सा कम्प्लेक्सबाट सुरु भएकोमा सोही अभियान अन्तर्गत बाँके–बर्दिया क्षेत्रमा आजदेखि सुरु हुन लागेको हो ।
पछिल्लो पटक सन् २०१८ मा भएको गणनाअनुसार नेपालमा बाघको संख्या २३५ थियो । सो तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाँटामा १६, बाँकेमा २१ तथा पर्सामा १८ वटा बाघ थिए ।
प्रतिक्रिया दिनुहोस्