८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


पोखरामा ‘बृहत् विज्ञान प्रदर्शनी’


0
Shares

पोखरा, माघ १५ । पोखरामा बुधबारदेखि ‘बृहत् विज्ञान प्रदर्शनी’ सुरु भएको छ ।

प्रदर्शनीमा ‘रोबटिक्स’, ‘भीआर’ शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामन्डल, विद्युतीय इन्जिनियरिङ, ‘स्टिम’ शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरन्जनात्मक सामग्री राखिएका छन् ।

विज्ञान प्रविधि विषयसम्बन्धी बालकक्षादेखि कक्षा–१२ सम्मको पाठ्यपुस्तकमा आधारित रहेर विद्यार्थीसहित अभिभावकहरुले इन्जिनियरको प्रत्यक्ष सहभागितामा प्रत्यक्ष अवलोकन र प्रयोग गर्न पाउनेछन् ।

प्रदर्शनीको उद्घाटन गर्दैै गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनले विश्वलाई एकै ठाउँमा ल्याउन विज्ञान प्रविधिको ठूलो भूमिका रहेको बताए ।

सिमुलेसन साइन्स सेन्टरको आयोजनामा भएको मेला यही माघ २९ गतेसम्म चल्नेछ ।