
फाइल तस्वीर
काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ ।
कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा जारी मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायमै राख्नु भएकोछ । यसअघि दोस्रो स्थानमा मत ल्याइरहनु भएका धनराज गुरुङलाई अर्का उम्मेदवार विजयकुमार गच्छदारले उछिन्नु भएको छ ।
अहिलेसम्म पूर्णबहादुर खड्काले १६३४,विजयकुमार गच्छदारले १४४३,धनराज गुरूङले १४३७,चन्द्र भण्डारीले १२५८,सुजाता कोइरालाले ४३८,महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७मत प्राप्त गर्नुभएको छ । मतगणना तीन स्थानमा भइरहेको छ ।अहिलेसम्म ३५ सय बढी मत गणना भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस्