
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहान ८ बजेदेखि सुरु गरिंदै छ । अहिले बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिनु भएको छ ।
निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् । महामन्त्री पदको लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा मिनेन्द्र रिजाल, डा प्रकाशशरण महत प्रदिप पौडेल र डा. राजाराम कार्कीबीच प्रतिस्पर्धा छ ।
सभापति शेरबहादुर देउवा समूहबाट महत र पौडेल, डा. शेखर कोइराला समूहबाट थापा र रिजाल, प्रकाशमान सिंह समूहबाट शर्मा तथा विमलेन्द्र निधि समूहबाट कार्की महामन्त्रीको उम्मेदवार छन् ।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ । सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्