१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपसभापतिमा गच्छदार २ मतले पराजित, पुनः गणनाको माग गर्दै दिए निवेदन


3.744k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिमा उम्मेदवारी दिनु भएका विजयकुमार गच्छदार २ मतले पराजित हुनु भएको छ ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार २ मतले हारेपछि संस्थापन समूहका गच्छदारले पुनः गणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिनु भएको छ ।

उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी हुनु भएको छ । अन्तिम मत परिणामअनुसार खड्काले २ हजार १२१ र गुरूङले १ हजार ९०८ मत ल्याएर निर्वार्चित हुनु भएको हो । तेस्रो स्थानमा रहनु भएका गच्छदारले भने १ हजार ९०६ मत पाउनु भएका थियो ।

खड्का देउवा प्यानलका हुन् भने गुरुङ शेखर कोइराला प्यानलका हुन् ।