
काठमाडौं । नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लानु भएको छ ।
महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लानु भएको हो ।
अहिलेसम्म १ हजार १९५ सय मत गन्दा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनु भएका थापाले ७५६ मत पाउनु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ । उहाँले ४९० मत पाउनु भएको छ ।
शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेलले क्रमशः ३८९ र ३६९ मत प्राप्त गरी तेस्रो र चौथो स्थानमा रहनु भएका छन् । यसैगरी, शेखर कोइराला प्यानलका मिनेन्द्र रिजालले २२३ मत गरी पाँचौ र विमलेन्द्र निधि समूहका राजाराम कार्की ३९ मत प्राप्त गरी सबैभन्दा पुछारमा रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्