१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे विजयी,मुख्यमन्त्री जीवन शाही पराजित


3.003k
Shares

काठमाडौं । नेपाली काँग्रेसको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाण्डेले डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिनुभएको थियो । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी हुनुभएको हो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनु भएका जीवन बहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

पाण्डेले २४११ मत ल्याएर विजयी हुँदा शाहीले २१३३ मत पाउनु भएको छ । शाही पाण्डेसँग २७८ मतान्तरले पराजित हुनुभएको हो ।