८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकाेमा भीम रावलकाे आपत्ति


1.469k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत परिषद् सदस्य बनाएकोप्रति रावलले आपत्ति जनाउनुभएको हो ।

उहाँले लेख्नुभएको छ– ‘मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’

दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएर पराजित हुनुभएका रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गर्नुभएको थियो । उहाँले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताइरहनुभएको छ ।