
काठमाडौं । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नंं १ ले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा कर्णाली प्रदेशलाई १ सय ६० रनले पराजित गर्दै प्रदेश नं १ ले शानदार सुरुवात गरेको हो ।
फाप्ला क्रिकेट मैदानमा १ सय ६६ रनको लक्ष्य पछ्याएको कर्णाली ११ ओभर ४ बलमा मात्र ६ रनमा अलआउट भयो ।
कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ८ खेलाडीले खाता समेत खोल्न सकेनन् ।
प्रदेश नं १ की अलिशा खडियाले ५ विकेट हात पारिन् । संगीता राईले २ तथा सबनम राईले १ विकेट हात पारिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १ सय ६६ रन बनायो ।
कप्तान रुबिना क्षेत्रीले १० चौकाको मद्दतले सर्वाधिक ७६ रन जोड्दा अप्सरी बेगमले ६२ बलमा अविजित ६१ रनको योगदान गरिन् । कर्णाली प्रदेशकी दिब्या धामीले २ विकेट हात पारिन् ।
प्रतिक्रिया दिनुहोस्