
काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ ।
क्रियाशिल सदस्यतामा देखिएको विवादका कारण स्थगित भएको अधिवेशन पुस ६ र ७ गते हुन लागेको हो । प्रदेश अधिवेशन जनकपुरधाममा हुने कांग्रेसले जनाएको छ ।
प्रदेश २ को नेतृत्वका लागि शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि समूहबाट रामसरोज यादवको नाम अगाडि सारिएको थियो ।
केन्द्रमा निधिले देउवालाई समर्थन गरेपछि प्रदेश २ मा संस्थापन पक्षले उम्मेदवार वा नदिने विषयमा टुङ्गो लागेको छैन । शेखर कोइराला समूहबाट भने रञ्जित कर्ण चुनावी मैदानमा उत्रिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्