१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतका एयर स्ट्राइक गरे आक्रमकताका साथ जवाफ दिन्छौं : पाकिस्तानी प्रधानमन्त्री खान


0
Shares

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि एयर स्ट्राइक गरे त्यसको जवाफ सोही आक्रामकताका साथ दिने चेतावनी दिनुभएको छ ।

अल–जजीरा टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा खानले भारतको फासीवादी बीजेपी सरकारले एयर स्ट्राइक गरे दुई परमाणु शक्ति आमने सामने हुने चेतावनी दिनुभयो ।

भारतीय जनता संवेदनशील र समझदार भए पनि उनीहरूमाथि कट्टरपन्थीले शासन गरिरहेको उहाँको जिकिर छ । भारत प्रशासित कश्मीरको बारेमा टिप्पणी गर्दै खानले त्यहाँका ८० लाख जनता खुला जेलमा रहेको बताउनुभयो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद् र इस्लामिक राष्ट्रहरूसँग कश्मीर मुद्दा उठाएको भन्दै उहाँले हरेक इस्लामिक देशसँग भारतको आफ्नै सम्बन्ध रहेकाले उनीहरूसँग विशेष आशा नराखेको बताउनुभयो ।

अफगानिस्तान संकटबारे चर्चा गर्दै खानले त्यहाँ भोकमरी सुरु भएकाले अमेरिकाले उसलाई मद्दत गर्नुपर्ने बताउनुभयो ।

एक फरक प्रसङ्गमा खानलले पाकिस्तानको वर्तमान आर्थिक संकटमा भुट्टो र शरीफ परिवार जिम्मेदार रहेको आरोप लगाउनुभयो । उनीहरूको परिवारले मुलुकको संशाधनलाई गलत ढंगले प्रयोग गर्दा आर्थिक संकट देखिएको खानको भनाइ छ ।

स्रोत साधनको अभावभन्दा नेतृत्व भ्रष्ट हुँदा मुलुक गरीब बन्ने भन्दै उहाँले आफ्ना मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लागे पारदर्शी ढंगले छानविन गर्ने बताउनुभयो ।