२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु, १ सय २८ टीम सहभागी


143
Shares

धनकुटा । जिल्ला आज (शनिबार)बाट प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्लामा ३२, महिला पुरुष खुल्लामा १८, पुरुष अन्डर १७ मा ३४, महिला तर्फ अन्डर १७ मा १२, ४५ वर्ष माथिका १९ र ५५ वर्षमाथि १३ गरी जम्मा १ सय २८ टीम सहभागी हुने आयोजक समितिका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा खुल्ला तर्फ प्रथम दोस्रो र तेस्रो टीमले क्रमश ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला पुरुषखुल्ला तर्फ प्रथम दोस्रो र तेस्रो टीमले क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै पुरुष र महिलातर्फ अन्डर १७ का प्रथम दोस्रो र तेस्रो टीमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।