१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ को माओवादी नेतृत्व चुन्न सर्लाहीमा बन्दसत्र जारी


377
Shares

सर्लाही । नेकपा (माओवादी केन्द्र) प्रदेश २ को नेतृत्व चयनका लागि सर्लाहीमा बन्दसत्र जारी छ ।

लालबन्दी पार्टी प्यालेसमा प्रथम प्रदेश सम्मेलनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।

प्रदेश नेतृत्वमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह, रामकुमार शर्मा, वर्तमान अध्यक्ष प्रल्हाद बुढाथोकी, सचिव श्रवण बरबरिया र प्रदेश सांसद दिलिप साह आकांक्षी रहनुभएको छ ।

प्रदेश सम्मेलनको उद्घाटन सत्र भने मङ्सिर २५ गते प्रदेश राजधानी जनकपुरमा सम्पन्न भएको थियो । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।