
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
थ्री स्टार ५ खेलबाट ६ अंक सहित तालिकाको छैटौं स्थानमा छ । समान अंक रहेको न्युरोड टिम एनआरटी तालिकाको सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्