
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ ।
केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर बाँकी पुनः आज ९ बजेदेखि गणना गर्ने भनिएकोमा आज बिहान पौने ११ बजेबाट मात्रै मत गन्न थालिएको हो । केन्द्रीय सदस्यको मतगणनामा शुरुवाती अग्रता कायम गर्नुभएको कांग्रेस नेता डा.शशांक कोइरालाले अझै पनि अग्रतालाई निरन्तरता दिनु भएको छ । अहिले सम्म गणना गरिएको २८ सय मत मध्येकोइरालाले २२सय ८ मत ल्याउनु भएको छ ।
ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालय भइरहेको केन्द्रीय सदस्यहरुको मत गणनाको परिणाम आजै बेलुकासम्म आइसक्ने कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन समितिले जनाएको छ । पदाधिकारीको मतगणना सकिएपछि हिजोबाट केन्द्रीय सदस्यको खुलातर्फको मतगणना शुरु भएको हो । कांग्रेसमा खुलातर्फ ३५ जना महाधिवेशनबाट निर्वाचित हुनेमा ९९ जनाले प्रतिस्पर्धा गरेका छन् ।
अहिलेसम्म बढी मत ल्याउने नेताहरु :
शशांक कोइराला २२०८,एनपी साउद १७१६,बालकृष्ण खाँण १६७६,उदयशम्शेर राणा १६२५, रमेश लेखक १६१४, शंकर भण्डारी १५९७,ज्ञानेन्द्रबहादुर कार्की १५९६,रामहरि खतिवडा १५८४,अर्जुन नरसिंह केसी १५४२, जिपछिरिङ लामा १४९१,गोपालमान श्रेष्ठ १४८४,जितजंग बस्नेत १४३८ र नैनसिंह महरले १४२९ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्