
प्रदीप पौडेल (इमेज)
पोखरा, माघ १६ । नेपाल टेलिकम पोखराले पर्यटकीय क्षेत्र लेकसाइडबाट एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारिच उच्चगतिको इन्टरनेटसहितको ‘भ्वाइस’ टेलिफोन सेवा विस्तार गरेको छ ।
पोखरा महानगरका ग्राहकलाई परम्परागत ‘कपर’ केबलमा आधारित ‘ल्यान्डलाइन’ टेलिफोनलाई एफटीटीएच लाइनमा रुपान्तरण गर्ने कार्यको सुरुआत गरिएको हो ।
नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक प्रमोद परमारले पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई राउटर हस्तान्तरण गरेर लेकसाइडबाट सेवा शुभारम्भ गरेका हुन् ।
टेलिकम पोखराकाअनुसार पहिलो चरणमा पार्दी एक्सचेन्जबाट वितरित तीन हजार ‘पीएसटीएन लाइन’ एफटीटीएच प्रविधिमा रुपान्तरण गरिने र क्रमिकरुपमा रानीपौवा, महेन्द्रपुल, शिशुवा, हेमजा, दमौलीबाट वितरित लाइनको रुपान्तरण गरिने छ ।
हाल सन्चालित एफटीटीएच लाइनमा एउटै फाइबर केबलबाट ग्राहकले उच्च गुणस्तरको दुईओटा लाइन भ्वाइस टेलिफोन सेवा, ५५ एमबीपीएससम्मको उच्चगतिको इन्टरनेट सेवा तथा ‘आइपीटीभी’ सेवा उपभोग गर्नसक्ने जनाइएको छ ।
यो सेवा विस्तारले नेपाल सरकारको ‘स्मार्टसिटी’को अवधारणामा थप टेवा पुग्ने नेपाल टेलिकमले विश्वास लिएको जनाएको छ ।
यो सेवा लिन वार्षिक ८ हजार रुपैयाँ लाग्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्