
काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५वर्षीय गेब्रियल बोरिक निर्वाचित हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।
चिलीमा सरकारविरुद्ध भएको व्यापक प्रदर्शनपछि राष्ट्रपतिय पदको निर्वाचन भएको हो । बोरिक विश्वकै कान्छो राष्ट्रपति मध्येको एक भएको बताइएको छ । विद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थव्यवस्था अवलम्वन हुने वाचा गर्नुभएको थियो ।
चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई विद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्