
सिन्धुली । सिन्धुलीको दुधौली क्षेत्रमा पसेको जंगली हात्तीले आतंक मच्चाउँदा जनजीवन त्रसित बनेको छ । कोशी टप्पु बन्य जन्तु आरक्षणबाट आएका हात्तीले गएराती पनि दुधौली नगरपालिका कुनी गाउँमा एक दर्जन घरमा क्षति पु¥याएका छन ।
यस्तै, केराघारी मास्ने र घरमा राखेको अन्न बालीमा समेत नोक्सानी पुर्याएका छन् । हिजो मात्र हात्तीले माथिल्लो पत्रिंगाका २० घरमा क्षति पुर्याएका थिए ।
जिल्लाका रानीवास, निपाने, हर्षाही लगायतका क्षेत्रमा स्थायी रुपमा बासस्थान बनाएका जंगली हात्तीले हालसम्म डेढ दर्जन मानिहसको ज्यान लिईसकेका छन् भने हजारौं हेक्टरको बालीनाली समेत नष्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्