२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्यानमारमा सेनाद्वारा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या


65
Shares

काठमाडौं । म्यानमारको सेनाले श्रृंखलाबद्ध रुपमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएको छन् । गत जुलाईमा मात्र म्यानमारमा कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ ।

सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको खुलासा भएको हो । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्या लगत्तै उनीहरूको शव एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो ।

विपक्षीहरुको पकड रहको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो ।

यसैगरी, म्यानमारको यीन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ । गत वर्षको फेब्रुअरीमा सेनाले ‘कु’ गरी सत्ता हातमा लिएपछि सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । ‘कु’ पछि सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई घरमै नियन्त्रणमा लिएको थियो । बर्माको एक अदालतले सूचीलाई २ वर्ष जेल सजाय सुनाएको छ ।