
काठमाडौं । सर्लाहीमा दुई दिनसम्म चलेको नेकपा माओवादी केन्द्र प्रदेश २ को सम्मेलनले प्रदेश कमिटी नै चयन गर्न सकेको छैन् । लालबन्दीमा दुई दिनसम्म चलेको सम्मेलनले २ सय ६४ सदस्यीय प्रदेश कमिटी निर्धारण गरे पनि नयाँ नेतृत्व चयन गर्न नसकेको हो ।
लामो छलफलबाट समेत नेतृत्व चयनमा सहमति नजुट्दा आइतबार राति बन्द सत्र सकिएको छ । जिल्लाका क्रियाशिल सदस्य संख्या, पार्टीबाट निर्वाचित जनप्रतिनिधि संख्याका आधारमा प्रदेश कमिटीको पदाधिकारी कोटा तोकिएको जनाईएको छ ।
२५ पुसमा कमिटी चयनका लागि नाम घोषणा गर्ने तयारी छ । प्राप्त पदाधिकारीको नाम माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गर्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्