१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


न्यूजिल्याण्डको क्रिकेट टीमले दुईपटक पाकिस्तान भ्रमण गर्दै


273
Shares

एजेन्सी । न्यूजिल्याण्डको क्रिकेट टीमले पाकिस्तानको भ्रमण गर्ने भएको छ ।

न्यूजिल्याण्डको टीमले २०२२ को डिसेम्बरदेखि २०२३ को जनवरीसम्म पाकिस्तान भ्रमण गर्न लागेको पाकिस्तानी क्रिकेट बोर्ड(पीसीबी)ले जनाएको छ । भ्रमणको क्रममा न्यूजिल्याण्डले दुई टेस्ट र तीन एक दिवसीय खेल खेल्नेछ ।

पीसीबीले आफ्नो विज्ञप्तिमा २०२३ को अप्रिलमा पनि न्यूजिल्याण्डले पाकिस्तानको भ्रमण गर्ने जनाएको छ । त्यो समयमा पाँच एक दिवसीय र पाँच टी–२० खेल खेलिनेछ ।

न्यूजिल्याण्डको टीमले गत सेृप्टेम्बरमा सुरक्षाको कारण देखाउँदै मैदान पुगिसकेका खेलाडीहरुलाई फर्काएको थियो । २०२३ मा न्यूजिल्याण्डले दुईपटक पाकिस्तान भ्रमण गर्नुलाई सोही समयको भपाईको रुपमा बुझिएको छ ।

खेल सुरु हुनुभन्दा केही मिनेटअघि न्यूजिल्याण्डको क्रिकेट बोर्डले आफ्नो खेलाडीहरु फकाएको थियो, जसको पीसीले कडा शब्दमा आपत्ति जनाएको थियो ।