
File Photo
काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको कोरोना विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ ।
सोमबार चीनबाट खोप लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि जहाज फर्किएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । सो खोप अव भोलिसम्म नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका अधिकारीले जानकारी दिएका छन् ।
चीनबाट १२ लाख एक हजार ८८७ मात्रा खोप ल्याउन लागिएको हो । नेपालमा अहिलेसम्म कोरोना विरुद्धको तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको सरकारी भनाई छ ।
प्रतिक्रिया दिनुहोस्