
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।
२ हजार ६५ मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।
संग्रौलाले १२ सय ६८, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ११ सय ९६, आरजूले ११ सय १६, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ९ सय ९८ मत पाएका छन् ।
यस्तै, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपानेले ९ सय ८५ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले ९ सय ८५, सातौं स्थानमा रमा कोइराला पौडेलले ८ सय १३, आठौं स्थानमा सुशीला ढकाल आचार्यले ७ सय ९४ र नवौं स्थानमा रङ्गमती शाहीले ७ सय ८० मत पाएका छन् ।
खुला महिलातर्फ ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस्