१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश राजनीतिक र आर्थिक संकटमा फस्दै गयो, चाँडै निर्वाचनमा जानुपर्छ : उपाध्यक्ष पाण्डे


117
Shares

चितवन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुक राजनीतिक संकटमा फस्दै गएको बताउनुभएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुलुक राजनीतिसँगै आर्थिक संकट हुने खतराका संकेतहरू देखा परेको बताउनुभयाे । देउवा नेतृत्वको सरकार अस्थिर भएको भन्दै यी दुवै संकट र समस्या समाधानको एक मात्रै विकल्प निर्वाचन भएको उहाँको दाबी छ ।

चाँडै चुनाव भएमात्रै आर्थिक र राजनीतिक संकट समाधान हुने अन्यथा नेपाली जनताले धेरै दुःख पाउने उपाध्यक्ष पाण्डेको भनाइ छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले दुई वर्षदेखि विधेयक बनाउन नसक्ने, संसदबाट विधेयक पास गर्न नसक्ने, लोकतन्त्रका खम्बा मानिने न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका सबै अस्तव्यस्त रहेको बताउनुभयो ।

साथै, उपाध्यक्ष पाण्डेले नेपालमा आउने जुनसुकै अनुदान निःशर्त नआउने भन्दै एमसीसीमा पनि शर्त रहेको बताउनुभयो । यद्यपि देशको हितमा भए÷नभएको विषयमा भने वृहत छलफल गर्न आवश्यक भएको प्रष्ट पार्नुभयो ।