
काठमाडौं । चिकित्सा शिक्षा आयोगले विभिन्न शीर्षकमा कानुनविपरीत शुल्क लिने मेडिकल कलेजहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
आयोगले चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) तर्फ आयोगले तोकेको भन्दा धेरै शुल्क लिएको भेटिए कारवाही गर्ने जनाएको हो ।
काठमाडौं विश्वविद्यालयअन्र्तगतका मेडिकल कलेजहरूले अतिरिक्त भन्दै सरकारले तोकेभन्दा २० लाख बढी रकम मागेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरीले चिकित्सा शिक्षा ऐनले तोकेको बाहेक अन्यमा शुल्क लिन नपाउने निर्णय भएको बताउनुभयो ।
मेडिकल कलेजहरूले होस्टेल, खाना, कपडा, इन्टरनेट लगाएतमा अतिरिक्त शुल्क मागेको विद्यार्थीहरूले जनाएका छन् ।
आयोगले तोकिएको बाहेकमा शुल्क लिए कारबाही गरिने पत्र विश्वविद्यालयमार्फत कलेजहरूमा पढाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्