
तस्वीर : सभामुखको सचिवालय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद चल्न नदिने भएको छ । संसदको बैठक सुचारू गराउन मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमालेले आज पनि संसद चल्न नदिने भएको हो ।
सभामुख अग्नि सापकोटाले बोलाउनु भएको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि दोहोर्याएको छ । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सदस्यहरु लालबहादुर थापा र कृष्णभक्त पोखरेलको सहभागीता रहेको थियो ।
बैठकमा एमालेले आफूले कारवाही सिफारिस गरेको १४ सांसदमाथि कारवाहीको जानकारी सदनसमक्ष सभामुखले नसुनाएसम्म सदन सञ्चालन गर्न नदिने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्