२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेसमा अझै मतगणना जारी,अहिलेसम्म के–के को आयो परिणाम ?

भोलिसम्म मतगणना सकिने

273
Shares

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ

अहिलेसम्म सभापतिसहित पदाधिकारी १३ जना,खुला केन्द्रीय सदस्य पुरुष ३५ जना,महिला खुला केन्द्रीय सदस्य ९ जना,पिछडिएको क्षेत्रबाट १जना,अपांङगता भएकाबाट १ जना, अल्पसंख्यकबाट १ जना र प्रदेश २ बाट पुरुष २ जना र महिला १ जना केन्द्रीय सदस्य गरी ६३ पदको नजिता सार्वजनिक भइसकेको छ । सभापतिमा पुनः शेरबहादुर देउवा नै दोहोरिनु भएको छ ।

कांग्रेस १४ औं महाधिवेशन निर्वाचन समितिका अनुसार भोलिसम्म सबै पदको मतगणना सकिनेछ । कांग्रेसमा पदाधिकारीसहित १३४ जना महाधिवेशनबाट निर्वाचनमार्फत चुनिने प्रावधान छ भने सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रावधान छ । अहिलेसम्म ६३ पदको नतिजा सार्वजनिक हुँदा अव ७१ पदको परिणामा आउन बाँकी छ ।

अब मत परिणाम सार्वजनिक हुन बाँकी केन्द्रीय सदस्यहरु यस प्रकार रहेका छन्–

प्रदेश २ बाहेक बाँकी प्रदेशबाट १ महिला र २ जना पुरुष गरी ३–३ जना,आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना,दलिततर्फ ४ महिलासहित ९ जना, , मधेशीतर्फ ४ महिलासहित ९ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना र थारुतर्फ २ महिलासहित ४ जना सदस्यको मतगणनाको परिणाम आउँन बाँकी छ । कांग्रेस सभापतिको मतगणना काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा भएको थियो । तर अरु बाँकी सबै पदको ललितपुरको सानेपा स्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा भएको हो ।

पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना शुरु गरिएको थियो । गत हप्ताको सोमबार कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । अहिलेसम्म मतगणना सम्मपन्न भएका पदहरुमा सभापति देउवा पक्षका उम्मेदवारहरुको वर्चस्व रहेको छ ।