१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ब्लगर अभिजित हत्यामा संलग्नको सूचना दिनेलाई अमेरिकाले ५० लाख डलर पुरस्कार घोषणा


1.651k
Shares

एजेन्सी । अमेरिकाले ब्लगर अभिजित रायको हत्यामा संलग्न फरार अभियुक्तहरूको सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै उक्त घटनामा फरार मुख्य योजनाकारहरूको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको हो ।

सन् २०१५ मा बंगलादेशको ढाकामा आतंकवादी समूह अलकायदामा आवद्ध समूहले गोली हानी अभिजित रायको हत्या गरेको थियो भने घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी थिइन् ।

घटनामा संलग्न ६ जना कैद भुक्तान गरिरहेका छन् भने हत्याकाण्डका मुख्य योजनाकार सैयद जिया उल हक र अकराम हुसैन भने अझै फरार छन् । पेशाले इन्जिनियर अभिजित राय बंगलादेशी मुलका अमेरिकी नागरिक हुन् ।

एक अनलाइनका सञ्चालक रायले आफ्नो ब्लगमा आतंकवादविरुद्ध ब्लगहरू पोष्ट गर्ने गर्दथे । रायको हत्याको एक महिनापछि बंगलादेशका ब्लगर वशीपुर रहमान बाबुको पनि हत्या भएको थियो ।