
तितेकरेला वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूहमा पर्छ । वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तितेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ ।
हेर्नमा हरियो र सेतो, स्वादमा तितेकरेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो । करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तितो हुन्छ ।
करेला खाँदा तितो हुने भएकोले यसलाई सबैलाई मन पराउँदैनन् । करेलालाई तरकारी, अचारको रूपमा पनि खान सकिन्छ । करेलामा फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । यो मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
फाइदाहरू :
करेलाले पेट, छाला, मधुमेह र उच्च रक्तचापका बिरामीका लागि औषधिको काम गर्छ । यसले कफ, कब्जियत र पाचन प्रणाली समस्याहरूबाट जोगाउँछ । यदि कोही व्यक्तिलाई भोक लाग्दैन भने करेला खाँदा भोक नलाग्ने समस्याबाट छुटकरा पाउन सकिन्छ ।
करेलामा भिटामिन ए, बी र सी पाइन्छ । क्याराटिन, लुटिन, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम जस्ता तत्व पनि पाइन्छ । करेलाले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
१. कलेजोका लागि फाइदा : करेलाले कलेजोका सबै प्रकारका समस्याबाट छुटकरा दिन्छ । यसकाे जुसले कलेजोलाई बलियो बनाउँछ ।
२. रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ : करेलामा प्रशस्त रूपमा भिटामिन र खनिज पाइने हुँदा रोगसँग लड्ने क्षमता बढाउँछ । जसले गर्दा रोग छिटो लाग्न पाउँदैन् ।
३. मधुमेह ठिक बनाउँछ : करेलाले रगतलाई सफा गर्ने हुँदा यस्ता बिरामीहरूका लागि फाइदाजनक छ ।
४. पाचन प्रणालीलाई स्वस्थ राख्छ : करेलाले पाचन प्रणालीलाई सन्तुलित राखि अपच र ग्यास जस्ता समस्याको समाधान पनि गर्दछ ।
५. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।
६. करेलाको रस कागतीमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।
बेफाइदाहरू:
व्लड प्रेसर ‘लो’ भएकाले धेरै खान नहुने तरकारीको रूपमा प्रयोग गर्ने फल नै तितेकरेला हो । यसका केही बेफाइदाहरू पनि रहेका छन् ।
१. अत्याधिक करेलाको सेवनले कलेजो तथा मृगौलालाई असर गर्दछ ।
२. गर्भावस्थाको समयमा धेरै करेला खाँदा गर्भपतन हुने खतरा हुन्छ ।
३. करेला धेरै खादाँ रक्तचाप कम हुन्छ ।
४. अत्यधिक करेला प्रयोग गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना बढि हुन्छ । जसले गर्दा टाउको दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ ।
५. यदि तपाईंमा पायल्सको समस्या छ भने तिते करेला नखानुहोस् किनकि यसले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।
६. शल्यक्रिया गरेपछि पनि तितेकरेलाको प्रयोग गर्नु हुँदैन । तर, शल्यक्रिया भएको दुई हप्तापछि मात्र करेला प्रयोग गर्नु राम्रो हुन्छ ।
एजेन्सीकाे सहयाेगमा
प्रतिक्रिया दिनुहोस्