
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।त्यस्तै साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूह तर्फको १ जना संचालक पदमा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।
अध्यक्ष श्रेष्ठले साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गरिने तथा आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्