२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले लुम्बिनी कमिटीको अधिवेशन माघ ८ गते


65
Shares

काठमाडौं । नेकपा (एमाले)ले लुम्बिनी प्रदेश कमिटीको अधिवेशन आगामी माघ ८ गते गर्ने भएको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीको दाङमा बसेको बैठकले प्रदेश अधिवेशनको मिति तय गरेको हो । बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ ।

बैठकले प्रदेशको नेतृत्वका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार बनाउने निर्णय पनि गरेको छ ।