१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इंग्लिस लिग कपको सेमिफाइनल समिकरण पूरा

आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने

156
Shares

काठमाडौं । इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

इंग्लिस फुटबलको यो घरेलु प्रतियागिताको सेमिफाइनलमा शिर्ष क्लबहरु आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनह्याम भिड्ने भएका छन् ।

गएराति भएको क्वाटरफाइनल खेलमा लेष्टर सिटीलाई टाइ ब्रेकरमा ५–४ ले हराउँदै लिभरपुलले आर्सनल विरुद्धको सेमिफाइनल समिरकण तय गरेको हो । लिभरपुल र लेष्टरबिचको निर्धारित समयको खेलमा ३–३ गोलको बराबरी भएपछि खेल टाइ ब्रकेरमा पुगेको थियो । आर्सनलले भने अघिल्लो रात सण्डरल्याण्डलाई ५–१ ले हराएको हो ।

गएराति भएका अन्य खेलहरुमा चेल्सीले ब्रेन्टफोर्डलाई २–० ले हराउँदा टोनह्याम हट्सपरले वेष्ट ह्याम युनाइटेडमाथि २–० कै जित निकाल्यो ।

लिग कप फुटबलको सेमिफाइनल खेलहरु जनवरी ४ र ११ तारिखमा होम एण्ड अवेको आधारमा हुनेछन् ।