१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकियो

९ मध्ये ८ देउवा समूहका विजयी

325
Shares

काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् । यस्तै, दलित महिलातर्फको ४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचित सबै देउवा प्यानलबाटै विजयी भएका छन् ।

दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन् । रसाइली स्नेही मात्र कोइराला प्यानलका हुनुहुन्छ ।

यसैगरी, महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

मतपरिणाम सार्वजनिक हुन बाँकी

केन्द्रीय सदस्य आदीवासी जनजाती महिला (७ जना)

केन्द्रीय सदस्य आदीवासी जनजाती खुला (८ जना)

केन्द्रीय सदस्य खस/आर्य महिला (६ जना)

केन्द्रीय सदस्य खस/आर्य खुला (७ जना)